प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०२-११

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ भन्सार रोडबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २९ को संजय बिश्वकर्मालाई आइतवार विहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

    यसैगरी, जिल्ला कैलाली कैलारी गा.पा.५ सडकपुरबाट ४ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई आइतबार वेलुकी प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा देश भारत लखिमपुरी जिल्ला तेकुनिया बस्ने बर्ष २८ को विकाश कुमार र बर्ष ३४ को मन्जोत सिंह रहेका छन ।  भारतबाट नेपाल तर्फ आँउदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले यु.पी. ३१ सि.एफ. ५८८७ नम्बरको भारतिय मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.७ शारदा सामुदायिक वनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा.६ बस्ने बर्ष २३ को आशिष शाही र वर्ष १९ को ओम प्रकाश खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरीले निजहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।