फरार प्रतिबादी पक्राउ
२०८३-०२-११
- A
- A-
- A+
कञ्चनपुर:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले
कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१०
गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले
पक्राउ गरेको हो ।
१. १. चोरी मुद्दामा ३ महिना कैद सजाय, रु.१५,०००।– जरिवाना र अन्य चोरी मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.१० बिकासबस्ती बस्ने बर्ष २६ को महेश राना ।
२. कर्तव्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय र रु.५०,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.१ नौरङगा बस्ने बर्ष ३३ को सेवराज राना ।