प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०८३-०२-११

  • A
  • A-
  • A+
Share

      कैलाली:-  जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ बोराडाँडी बस्ने तारा देवी गरतौलाले संचालन गरेको सिघादेवी अटो मर्मत सेन्टर तथा सप्लायर्समा गयराति विद्युतको तार सट भई आगलागी हुँदा दुई वटा सटरभित्र रहेका चार पाङ्ग्रे सवारी साधनहरूको ईन्जिन, वायरिङ्ग लगायतका समानहरु जलेर नष्ट भएका छन  । आगलागिबाट भएको क्षतिको विवरण आउन वाँकि रहेको छ । स्थानिय,  प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।      

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।