प्रहरी कार्यालय
कैलाली:- १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बैतडी:- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला बैतडी,पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ । ति किशोरले गत असार २७ गते राती र भदौ २३ गते राती ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तस्वदेही बैतडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।