जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०७-१३
- A
- A-
- A+
बैतडी:- १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको
अभियोगमा जिल्ला बैतडी,पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई
आइतबार राती प्रहरीले पक्राउ गरेको छ । ति किशोरले गत असार २७ गते राती र भदौ २३
गते राती ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा
ईलाका प्रहरी कार्यालय तस्वदेही बैतडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।