प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : आतंकवादी
बिभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ
२०७९-१२-२९

कैलाली- मिति २०७९।१२।२८ गते सम्मानित पुनरावेदन अदालत दिपायलको मिति २०७२।०२।२५ गतेका आदेशले जालसाजी मुद्दामा रु. १५,००,२००।– जरिवाना भई फरार रहेको प्रतिवादी जि कैलाली धनगढी उमनपा १३बस्ने बर्ष ६२ की मन्धर देवी रानालाई ऐ.१३ झलारी गाउबाट पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरिएको ।  कञ्चनपुर- मिति २०७९।१२।२८ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले मिति २०७९।८।२१ गतेको सम्मानित कञ्चनपुर जिल्ला अदालतको फैसलाले लागुऔषध मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकी फरार रहेको जिल्ला कञ्चनपुर भिमदत्त नपा ६ ऐठपुर बस्ने बर्ष २८ को दिपेष बोकटीलाई निजकै घरबाट पक्राउ गरी सम्मानित अदालतमा पेश गरीएको ।