फरार प्रतिवादी पक्राउ
२०८०-१०-११
- A
- A-
- A+
कञ्चनपुर: फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित कञ्चनपुर जिल्ला अदालतको लागू औषध मुद्दामा मिति २०७८।१२।०९ गतेको फैसलाले २ महिना कैद सजाय र रु.५,०००/-जरिवाना तोकिई फरार रहेको जिल्ला कञ्चनपुर, बेदकोट न.पा.७ सुडा बस्ने बर्ष ५६ को मदन देब भट्टलाई बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानमा फेला पारी पक्राउ गरेको हो । निजलाई सम्मानित जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार कञ्चनपुर पठाईएको हो ।