फरार प्रतिवादी पक्राउ
२०८१-०१-२१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।१०।२० गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
निम्न:-
१. हातहतियार खरखजना मुद्दामा २ महिना २९ दिन कैद सजाय र रु.६,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा. १० बस्ने बर्ष २७ को प्रदेश चौधरी ।
२. बन मुद्दामा रु.२०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. २ बस्ने बर्ष ६५ को लाल बहादुर साँउद ।
३. चेक अनादर मुद्दामा रु. .४००।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ९ बस्ने बर्ष ३४ को दुर्गा बहादुर कार्की ।
४. बोक्सि आरोप मुद्दामा जरिवाना ११ महिना १० दिन कैद सजाय र रु.१०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष ५२ को देव बहादुर लुहार ।