प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०१-२२

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०१।२१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ ज्ञानु प्लाजा,चटकपुर, ऐ.७  सरस्वती मा.बि. नजिक, भजनी न.पा.५ लालबोझी, ऐ.८ काडाढीक, टीकापुर न.पा. ९ खक्रौला र कैलारी गा.पा.५ बड्की पलियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,०५,७४०।–बराबरको प्याज, चिनी, सुर्ती, नरिवल, खानेतेल, जिरा, बिडी,तर्बुजा, सुटपिस, दोपट्टा, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी, वाल फ्यान, बोईलर कुखुरा, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको  ।

   कञ्चनपुर:- मिति २०८१।०१।२१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० बिद्युत कार्यालय, ऐ.११ चौकीसत्ता र बेलौरी न.पा.८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२६,०३०।–बराबरको चिनी, मिश्री, नरिवल, साईकलको ट्युव लगायतका सामानहरु, चप्पल, पेय पदार्थ, माछा समेतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको  ।

   यसैगरी, मिति २०८१।०१।२१ गते०२:३० बजेको समयमा जिल्ला कञ्चनपुर, लालझाडी गाउपालिका वडा नम्बर १ र २ को बिच सिमाना बिनाबारीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ट्याक्टरमा ल्याउदै गरेको अबस्थामा अन्दाजी मूल्य रु.५,३८,३००।– बराबरको प्याज,पेय पदार्थ, माछा लगायत ट्याक्टर थान- १ सहित ट्याक्टर चालक कृष्णपुर नगरपालिका ८ बस्ने बर्ष १८ को अनिल रानालाई फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको  ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।