प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध भन्सार छलीका सामान सहित मानिस नियन्त्रणमा

२०८१-०१-२३

  • A
  • A-
  • A+
Share

धनगढी, २३ बैशाख ।


कैलाली:- मिति २०८१।०१।२३ गते १२:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ ओमशान्ती टोलमा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामानहरु लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले देश भारत, जिल्ला लखिमपुर खिरी स्थायी घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ ओमशान्ती टोल स्थित कोठा गरी बस्ने बर्ष २३ को आयुष गुप्ताको कोठामा चेकजाँच गर्दा SAMSUNG सादा सेट- ५८ थान, NOKIA सादा सेट -५२ थान, GLASS -२६ पाकेट, विभिन्न कम्पनिको CAMERA GLASS- ३२८ पीस, चार्जर कनेक्टर- २ रोल, OCEA सेट -९ बण्डल, सादा सेट DISPLAY -३७९ पीस, सादा सेटको हाउजिङ -२१ पीस, सिमकार्ड ट्रे -२८० पीस,रिपेयरिङ म्याट -४ पीस, मोवाईल पार्टस- ६ डिब्बा,मोवाइल फोल्डर -३३९ पीस सहित अन्दाजी मूल्य रु.५,३२,८१०।- बराबरको मोबायलका सामानहरु फेला पारी नियन्त्रणमा लिएको । उल्लेखित सामान र मानिसलाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।