अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-२४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०१।२३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराह नजिक, ऐ.९ सालघारी, गोदावरी न.पा.४ बनदेबी र गोदावरी, र भजनी न.पा.९ पहलवानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०६,६६०।– बराबरको प्याज, चिनी, मिश्री, नरिवल, बिडी, सुर्ती, पानीपुरी, चियापत्ती, पेय पदार्थ, सिलाई मेशिन, Motor gasoline engine, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०१।२३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्तन.पा.१० ऐ. ११, ऐ.१७ साइपन नगर नजिक र बेलौरी न.पा.२ खुसा चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१८,४००।– बराबरको प्याज, चिनी, बिडी, मिठाई, खानेतेल, दाल, चप्पल, सुर्ती, बिस्कुट, थान कपडा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।