अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-२५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०१।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, लम्कीचुहा न.पा.१ राजिपुर र कैलारी गा.पा. ५ बड्की पलियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७५,४९५।– बराबरको प्याज, बिडी, सुर्ती, लसुन, पलाजु, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।