अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-२६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०१।२५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ पक्कीकुवा र ऐ. ४ सौराई पार्टी प्यालेस नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,००,७००।– बराबरको प्याज, चिनी, कुर्ती,धोती,गम्छा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०१।२५ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भाँसि, बेलौरी न.पा.१० थापाचोक, दोधारा चाँदनी न.पा.७ कञ्चभोज र लालझाडी गा.पा.६ चानदेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,२८८।– बराबरको चिनी, सुर्ती,अण्डा, दाल, पेय पदार्थ, बोईलर कुखुरा र माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।