अबैध भन्सार छलिका सामान बरामद
२०८१-०१-३०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०१।२९ गते ०६:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुर चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४९,०००।– बराबरको लेडिज सुट-७० पिस जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०१।२९ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ ट्राफिक चोक र पुनर्वास न.पा.११ टाउके बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३७,५२०।– बराबरको प्याज, बिडी, सुर्ती, पेय पदार्थ, ततकारीको बिउ, घाँसको बिउ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।