प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०२-०३

  • A
  • A-
  • A+
Share

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।०२ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

१. बिना ईजाजत वनपैदावार ओसार पसार मुद्दामा रु. ३३,८५३।– जरिवाना ठहर भएका बर्दगोरिया गा.पा.५ बस्ने बर्ष २८   को कर्ण बहादुर        कार्की ।

२. बिना ईजाजत वनपैदावार ओसार पसार मुद्दामा रु.२५,१९७।– जरिवाना ठहर भएका बर्दगोरिया गा.पा.१ बस्ने बर्ष ४४ को  कमलेस             कुमार  कठरिया ।

३. चोरी मुद्दामा रु.५,२००-। जरिवाना ठहर भएका गोदावरी न.पा.२ बस्ने बर्ष २१ को गणेश पार्की ।

४. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा. २ बस्ने बर्ष ३२ कि निलम जोशी ।

५. चेक अनादर मुद्दामा रु.५००।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.५ बस्ने बर्ष ३३ को चक्र बहादुर कलेल ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।