अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०२-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०२।०३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ.४ बोराडाडी, टीकापुर न.पा. ८ बटनपुर, भजनि न.पा. ३ पकडीया र ऐ. ८ खैराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,८९,५९०।– बराबरको प्याज, चिनी, बिडी, सरप, अचार, नरिवल, सुर्ती, आलु, प्लाष्टिक झिल्ली, टेबुल पंखा, साइकलको टायर, ट्याक्टरका पार्ट पुर्जा, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
यसैगरी, मिति २०८१।०२।०३ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.९ बङग्राकटानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३५,६५०।– बराबरको गन्जी, अण्डर वेयर, कुर्ती , कुर्ती प्लाजा, सुट पिस लगायतका सामानहरु सहित ऐ. ८ बस्ने बर्ष ३५ को बुद्वीराम चौधरीलाई सु.प.प्र.०१०१० प ८६७८ नम्बरको स्कुटि सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।