प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०२-०५

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०२।०४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह नजिक, ऐ.९ त्रिवेणीघाट र टीकापुर न.पा. ८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६०,७७०।– बराबरको प्याज, चिनी, पानि तान्ने मोटर, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति २०८१।०२।०४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१ भासि, ऐ.१० बिद्युत कार्यालय नजिक, पुनर्वास न.पा.११ डोकेबजार, गुम्बा र बेलडाँडी गा.पा. ३ बलराम टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,४०,२३०।– बराबरको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, मसला, चप्पल, अचार, चामल, नरिवल, फिल्टर, कट्टु, भेष्ट माला, सुटपिस, खुर्सानी, तिल, तावा, प्लाष्टिक झिल्ली, गाडीको क्लोज पिलेट, सिघ्रा मिक्सर मोटर, इलेक्ट्रीक मधानि मेसिन, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

यसैगरी, मिति २०८१।०२।०५ गते ०४:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.८ मोतियाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८,६३,९००।– बराबरको अबैध बोईलर कुखुराको चल्ला ५८ कार्टुन, बिनाको नम्बर पिलेटको ट्याक्टर थान-१ सहित सोही ठाउँ बस्ने बस्ने बर्ष ३५ को रमेश राना (चालक), बर्ष २९ को प्रमोद राना र बर्ष १८ को बसन्त राना गरि ३ जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

   बैतडी:- मिति २०८१।०२।०४ गते १७:१५ बजेको समयमा जिल्ला बैतडी, दशरथचन्द न.पा.५ कलवाड मोड स्थित गोठालापानी झुलाघाट सडक किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१३,७९०।–  बराबरको चिनी, मिश्री, मिठाई, आटा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।