प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-१०

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०२।०९ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.१ पशुपती टोलबाट गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा जिल्ला बैतडी, दोगडाकेदार गा.पा.२ बस्ने वर्ष ३६ को नर बहादुर बिष्टलाई ९३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०२।०९ गते १८:५० बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.५ गुलरीया नहर रोडबाट गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा सोही ठाउँ बस्ने वर्ष ३० को हर्क बहादुर देउवाको साथबाट ३८० मिलिग्राम र ऐ.गुलरीया स्थित निजको घरमा खानतलासि गर्दा ४.५४० ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नगद रु. २५,४१०।- सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।
    डडेल्धुरा:- मिति २०८१।०२।०९ गते १९:५० बजेको समयमा जिल्ला डडेल्धुरा, अमरगढी न.पा.४ खलंगाबाट गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा सोही ठाउँ बस्नेबर्ष २४ को मिन बहादुर बिष्टलाई १०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।