प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-१२

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८१।०२।११ गते १४:३० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. २ लोटस गल्लीबाट बिशेष सुचनाको आधारमा चेकजाँच गर्दा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.५ गुलरिया बस्ने बर्ष ३५ को राजेश सुनारलाई २ ग्राम ९२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

     यसैगरी, मिति २०८१।०२।११ गते १३:१० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ बसपार्कबाट शंका लागि चेकजाँच गर्दा जिल्ला अछाम, साँफेबगर न.पा. ६ बस्ने बर्ष २४ को शंकर कुँवरलाई स्पास १४ ट्याब्लेट र नाईट्रोभेट १६ ट्याब्लेट र नक थान-१ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

कञ्चनपुर:- मिति २०८१।०२।११ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा.५ बनसमिती स्थित होटलबाट शंका लागि खान तलासी गर्दा ऐ. ९ सिसैया बस्ने बर्ष २७ को शैलेन्द्र बहादुर सिहलाई ४.५५ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

यसैगरी, मिति २०८१।०२।११ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९  मटेनाबाट शंका लागि चेकजाँच गर्दा बेदकोट न.पा.८ गैलनदी बस्ने बर्ष २१ को प्रकाश टेरलाई ४.०७ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ,  pregabalin10 tablet र leekuf 10 tablet सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।