प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-१२

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८१।०२।११ गते १४:३० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. २ लोटस गल्लीबाट बिशेष सुचनाको आधारमा चेकजाँच गर्दा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.५ गुलरिया बस्ने बर्ष ३५ को राजेश सुनारलाई २ ग्राम ९२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

     यसैगरी, मिति २०८१।०२।११ गते १३:१० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ बसपार्कबाट शंका लागि चेकजाँच गर्दा जिल्ला अछाम, साँफेबगर न.पा. ६ बस्ने बर्ष २४ को शंकर कुँवरलाई स्पास १४ ट्याब्लेट र नाईट्रोभेट १६ ट्याब्लेट र नक थान-१ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

कञ्चनपुर:- मिति २०८१।०२।११ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा.५ बनसमिती स्थित होटलबाट शंका लागि खान तलासी गर्दा ऐ. ९ सिसैया बस्ने बर्ष २७ को शैलेन्द्र बहादुर सिहलाई ४.५५ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

यसैगरी, मिति २०८१।०२।११ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९  मटेनाबाट शंका लागि चेकजाँच गर्दा बेदकोट न.पा.८ गैलनदी बस्ने बर्ष २१ को प्रकाश टेरलाई ४.०७ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ,  pregabalin10 tablet र leekuf 10 tablet सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-२३

    कैलाली:- मिति २०८१।०५।२२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी धनगढी उ.म.न.पा. २ आदर्श टोल, ऐ. ३ चटकपुर र  ऐ.५ हसनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,०२,०००।– बराबरको बिडी, सुर्ती, मसला, काजु, चियापत्ती, साबुन, लेदर बेल्ट, चस्मा, खेलौना मालगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।    कञ्चनपुर:- मिति २०८१।०५।२२ गते २१:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ७ पौलाहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ९८,३००।– बराबरको पेय पदार्थ, बिडी, भारतिय नम्बर प्लेटको मोटरसाइकल थान-१ लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     दार्चुला:- मिति २०८१।०५।२२ गते ०५:३० बजेको समयमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला,  शैल्यशिखर न.पा.९ सतभोगेबाट सडकमा चालक नभई रोकिएको अवस्थामा रहेको म १ ज २२० नम्बरको बोलेरो जिपलाई शंका लागि चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,३३,०००।– बराबरको घोडा बिडी १९ पेटी, सलाई ४८ बण्डल र  हाईक्लास सुर्ती ३ बोरा बरामद गरी उक्त सामान र जीप  समेत नियन्त्रणमा लिएको, आवश्यक अनुसन्धान भईरहेको । 

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-२२

कैलाली:- मिति २०८१।०५।२१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु गौरीगंगा न.पा. १ चौमाला, भजनी न.पा. ३ ठेकीपुल नजिक र कनैयापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ९९,०००।– बराबरको चिनी, लसुन, धोती, साडी, सुटपिस, ग्याँस पाइप, कराई, कचौरा, खेलौना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । कञ्चनपुर:- मिति २०८१।०५।२१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० जिमुवा, बेलौरी न.पा.२ बैजुडाडा, ऐ. ६ भुराकोट र ढक्का, ऐ.१० एम्पीघाट र पुनर्वास न.पा.४ “घ” गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,६१,९२०।– बराबरको पेय पदार्थ, बिडी, सुर्ती, सरप, अण्डा, मसला, हार्डवेयका सामान, कस्मेटिक  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।   

भरुवा बन्दुक सहित २ जना मानिस पक्राउ
२०८१-०५-२२

अछाम:- मिति २०८१।०५।२१ गते १५:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय कालेकाँडा, अछामबाट खटि गएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा घर तथा वारिमा खाँनतलासी गर्दा जिल्ला अछाम, पञ्चदेवल बिनायक न.पा.९ ओखरगैरा बस्ने ६८ को नन्दराम साउँदले आफ्नै घर नजिक बारीमा लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक थान -१ , ऐ.को सिसाको गोली थान- १३ वटा र बारुद र सोही ठाउँ बस्ने बर्ष ६७ को चिन कार्कीले आफ्नै घरको सुत्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा  एक नाले भरुवा बन्दुक थान -१ (एक), ऐ. को सिसाको गोली थान- ९ वटा र बारुद सहित फेला पारी उक्त भरुवा बन्दुक, सिसा र बारुद समेत फेला परेकोमा निजहरुलाई बरामद उल्लेखित हातहतियार सहित नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।