प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-०२-१३

  • A
  • A-
  • A+
Share

    अछाम:- मिति २०८१।०२।१२ गते ०८:०० बजेको समयमा जिल्ला अछाम, ढकारी गा.पा. ७ ढुङ्गाचाल्ना देखि तल्थारा जाने कच्ची सड्क खण्डको कुच्चिकोट भिरबाट अन्दाजी ३०० मिटर तल लडेको अवस्थामा जिल्ला दैलेख, ठाटिखाँद गा.पा.२ हुईता बस्ने बर्ष अन्दाजी ६५/६६ को पुरा शाही मृत अवस्थामा फेला परेका हुन,यस सम्बन्धमा प्रहरी टोली खटिई गई आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२९

    कैलाली:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,३६०।– बराबरको कपडा समान,फलफुल शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     दार्चुला:-  जिल्ला दार्चुला शैल्यशिखर न.पा. ९ नकतडा भोल्याबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५४,१५०।– बराबरको कपडा, किराना लगायतका सामानहरु शनिबार बिहान इलाका प्रहरी कार्यालय गोकुलेश्वर,दार्चुलाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।