प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-०२-१३

  • A
  • A-
  • A+
Share

बझाङ:- मिति २०८१।०२।१२ गते रातिको समयमा जिल्ला बझाङ, बित्थडचिर गा.पा.४ बस्ने बर्ष ४५ को राम बहादुर बोहरा घर परिवार सँगै खाना खाएर आफ्नै घरको छुट्टै कोठामा सुतेकोमा २०८१।०२।१३ गते बिहान अबेर सम्म नउठेको हुँदा कोठामा गई  आफन्तले उठाउन खोज्दा मृत अवस्थामा फेला परेका, सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भइरहेको ।

कैलाली:- मिति २०८१।०२।१३ गते १२:०० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. ८ जमुनाभाडी स्थित हाइबे देखि अन्दाजी ७००/८०० मिटर भित्री नालामा गोदावरी न.पा.८ बस्ने बर्ष ५५ को नर बहादुर धामी मृत अवस्थामा फेला परेको, सो सम्बन्धमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान गरिरहेको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०१-२५

      कैलाली:-  मिति २०८२।०१।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ.४ ओमशान्ती टोल, ऐ.७ मनेहरा र टिकापुर न.पा.६ भर्तापुर स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,८५,९१०।– बराबरको चिनी, सुर्ती, मिठाई, बिभिन्न किसिमका भाडा बर्तन, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                   कञ्चनपुर:- मिति २०८२।०१।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरू भिमदत्त.न.पा.५ सुकासाल, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.२ टेडुवा र पुनर्वास न.पा.६ टाउनबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मुल्य रु.७,५३,६२५।– बराबरको तोरी, गहुँ, बोईलर कुखुरा, बिजुली, ईलेक्ट्रोनिक, हाडबेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।