प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८१-०२-१३

  • A
  • A-
  • A+
Share

बझाङ:- मिति २०८१।०२।१२ गते रातिको समयमा जिल्ला बझाङ, बित्थडचिर गा.पा.४ बस्ने बर्ष ४५ को राम बहादुर बोहरा घर परिवार सँगै खाना खाएर आफ्नै घरको छुट्टै कोठामा सुतेकोमा २०८१।०२।१३ गते बिहान अबेर सम्म नउठेको हुँदा कोठामा गई  आफन्तले उठाउन खोज्दा मृत अवस्थामा फेला परेका, सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भइरहेको ।

कैलाली:- मिति २०८१।०२।१३ गते १२:०० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. ८ जमुनाभाडी स्थित हाइबे देखि अन्दाजी ७००/८०० मिटर भित्री नालामा गोदावरी न.पा.८ बस्ने बर्ष ५५ को नर बहादुर धामी मृत अवस्थामा फेला परेको, सो सम्बन्धमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान गरिरहेको ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।