प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०२-१५

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित विशेष अदालत बबरमहल काठमाण्डौंको मिति २०८०।०९।२५ गतेको फैसलाले सार्वजनिक सम्पत्ति हिमामिना गरी भ्रष्टाचार गरेको मुद्दामा ३ बर्ष कैद सजाय र रू. ११,६९,०४२।- रूपैयाँ ४४  पैसा जरिवाना ठहर भई फरार रहेका बेदकोट न.पा.३ दैजी बस्ने बर्ष ४८ को दिपेन्द्र प्रसाद पनेरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरि आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत कञ्चनपुर समक्ष पेश भई जिल्ला कारागार कञ्चनपुर चलान गरीएको । 

डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले अंश मुद्दामा रु.१,०६,४१०।- जरिवाना ठहर भई फरार रहेकी अमरगढी न.पा.३ बस्ने बर्ष ८१ की धना देबी शाहलाई अस्थायी प्रहरी पोष्ट ऐरोडा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नवदुर्गा गा.पा.१ ऐरोडाबाट पक्राउ गरि सम्मानित अदालत समक्ष पेश गरेको । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।