फरार प्रतिवादी पक्राउ
२०८१-०२-२३
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले माना चामल मुद्दामा रु.२,२२०।- जरीवाना ठहर भई फरार रहेका भिमदत्त न.पा.३ तिलकपुर बस्ने बर्ष ६५ को डिगर देव भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०२।२२ गते निजकै घर ठेगानाबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत कञ्चनपुर समक्ष पेश गरेको ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा रु.२,०००।- जरीवाना ठहर भई फरार रहेका धनगढी उ.म.न.पा.२ बस्ने बर्ष ५२ को जयराज बोहरालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०२।२२ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।