अबैध भन्सार छलिका सामान बरामद
२०८१-०२-२४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०२।२३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा स्थित नेपाल भारत सिमाना नजिक र ऐ. ९. ९ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७,५०,४२०।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, प्लाष्टिक झिल्ली, मोबाईलका बिभिन्न पार्ट पुर्जा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०२।२३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.१ फटैया र पुनर्वास न.पा.४ हनुमान चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७०,६००।– बराबरको मैदा, बिडी, लेडिज सुट, कुलर मेशिन, पेय पदार्थ, अण्डा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।