अबैध भन्सार छलिका सामान बरामद
२०८१-०२-२५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०२।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ ट्राफिक चौराहा र पुरानो भन्सार रोड नजिक ऐ. ७ मनेहरा पेट्रोल पम्प नजिक र ऐ. १० सिमल घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०७,६००।– बराबरको चिनी, मिठाई, चप्पल, रङ, पापड, टेनिस बल, प्लाष्टिक झिल्ली, बोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०२।२३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकीसत्ता पुनर्वास न.पा.११ डोकेबजार बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१२,८३०।– बराबरको सुर्ती, कुर्ती, सुटपिस, गन्जी, टिसट, अन्डर वेयर, साइकलको ताला, ब्रेक तार, टियुव लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
डडेल्धुरा:- मिति २०८१।०२।२४ गते २३:०० वजेको समयमा जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.५ परिगाउ स्थित पर्शुराम धाम सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५७,४५४।– बराबरको चिनी, बिडी, पेय पदार्थ, TVS garling, चक्लेट, चप्पल लगायतका सामानहरु प्रहरी चौकी शिर्ष, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।