प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-३१

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०२।३० गते २३:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ जोख्खर तालमा ऐ. १६ बस्ने बर्ष २६ को किरण जोशीले चलाएको मोटरसाइकल चेकजाँच गर्दा उक्त मोटरसाइकलमा सवार ऐ. बस्ने बर्ष ३१ को अकिंत चौधरी र ऐ.६ बस्ने बर्ष २६ को रामभजन रानालाई २०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र उक्त मोटरसाइकल थान-१ सहित नियन्त्रणमा लिईएको, साथै निज ३ जना मध्येबाट रामभजन राना सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा रु.१,४९,३७५।-जरिवाना तोकिइ फरार रहेको फरार प्रतिबादि रहेको कुरा खुल्न आएको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

   कञ्चनपुर:- मिति २०८१।०२।३० गते १६:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.७ बाबाथानबाट ऐ. बस्ने वर्ष २७ को सुरज सुनारलाई शंका लागी चेकजाँच गर्दा निजले पाइन्टको बाँया खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा १५.३ ग्राम लागू औषध चरेस फेला पारी निजलाई सोधपुछ गर्दा उक्त लागू औषध ऐ. २ पुर्णा टोल बस्ने वर्ष ५० को गणेश सिंह साउदबाट खरिद गरेको भन्ने सूचनाको आधारमा निज गणेश सिंह साउदको ऐ. स्थित पसलमा खानतलासी गर्दा लुकाइछिपाई राखेको ६० ग्राम लागू औषध चरेस जस्तो देखिने कालो ठोस पदार्थ फेला पारी उक्त पदार्थ सहित दुवै जनालाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।