फरार प्रतिवादी पक्राउ
२०८१-०३-०४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०३।०३ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. वन मुद्दामा १९ दिन कैद सजाय र रु.१९,०९६।- जरीवाना तोकिएको जानकी गा.पा. ८ बस्ने बर्ष ६० को राम किसन चौधरी ।
२. लागू औषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको घोडाघोडी न.पा. ०१ बस्ने बर्ष ३२ को जनक बोहरा ।