अबैध भन्सार छलिका सामान बरामद
२०८१-०३-०७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०३।०६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा २ पुरानो भन्सार रोड, ऐ.३ मिलनचोक, ऐ.९ त्रिबेणीघाट ऐ. १९ खेदाघाट, गोदावरी न.पा.१ धनगढी रोड, टीकापुर न.पा. ९ बालुवाटार, भजनी न.पा.७ हिम्मतपुर र कैलारी गा.पा.७ हौसलपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५०,४४०।– बराबरको चिनी, पेय पदार्थ, सुर्ती, बिडी, कुर्ती, मेक्सी, चप्पल, बिषादी, कुरकुरे, माछा, बोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०३।०६ र ७ गते बिहान कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० बिद्युत कार्यालय नजिक, कृष्णपुर न.पा. ५ चौराहा र दोधारा चाँदनी न.पा.७ कञ्चभोजबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८,५९,७००।– बराबरको पेय पदार्थ, सुर्ती, बिडी, छाता, कपडा, सकेट, नल्काको ढक्कन, नल्काको हथ्था, हार्डवेयरको सामान, किरानाको सामान, विभिन्न कम्पनीका बेल्टहरु, विभिन्न कम्पनीका हातमा लगाउने पञ्जा, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।