अबैध भन्सार छलिका सामान बरामद
२०८१-०३-०८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०३।०७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा ३ व्यारेल र बोराडाँडी, ऐ. ७ बेलीको जंगल नजिक, ऐ.९ भट्टाटोल र ऐ. १९ खेदाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,५२,२२०।– बराबरको चिनी, सुर्ती, बिडी, रेडिमेड कपडा, माछा, बोइलर कुखुरा, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०३।०७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० सुकासाल, कृष्णपुर न.पा. ५ चौराहा ऐ.१६ बाँसखेडा, शुक्लाफाँटा न.पा. १२ कालागौडी र पुनर्वास न.पा.४ कार्गिलडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५१,०७५।– बराबरको चिनी, मिश्री, दाल, जिरा, चियापत्ती, सुर्ती, बिडी, नमकिन, पापड, कुलर लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।