लागुऔषध चरेस बरामद
२०७९-१०-१४
- A
- A-
- A+
मिति २०७९।१०।१४ गतेको अं.१४.१५ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्र.नि.को कमाण्डमा खटिई गएको प्रहरी टोलीले जिल्ला बैतडी दशरथ नगरपालिका वडा नं.८ त्रिपुरा पुजारीगाउँ स्थित गोठलापानी झुलाघाट सडक खण्डको किनारमा बर्ष अ.५० को नारायण सिंह थापाले संचालन गरि आएको खुद्रा पसल लगायत निजको शरीरको र घर समेतको खानतलासी गर्दा कुल २८० ग्राम परिमाणमा लागु औषध चरेस फेला पारी रीतपुर्वक बरामद समेत गरी लागुऔषध चरेस सहित निजलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा ल्याई थप अनुसन्धान भईरहेको ।