प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०१-१४

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७५।०२।३१ गतेको फैसलाले जुवा मुद्दामा जनहि रु २००।- जरिवाना ठहर भई फरार रहेका जिल्ला कैलाली, टिकापुर नगरपालिका १ बस्ने वर्ष ५० को बलराम चौधरी, बर्ष ४५ को भरत थापा  र वर्ष ४८ को विरभान बि.क. लाई बिहीबार ईलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुकै घर ठेगाना बाट पक्राउ गरि सम्मानित जिल्ला अदालत समक्ष पेश गरेको ।

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०५।०९ गतेको फैसलाले लागु औषध मुद्दामा ५ महिना ३ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ बस्ने बर्ष २३ को रमेश दमाईलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको निजकै घर ठेगाना बाट पक्राउ गरि सम्मानित जिल्ला अदालत समक्ष पेश गरेको हो । 


सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-१२

      कञ्चनपुर:- कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ सिहपुर बस्ने ३१ वर्षीय जनक चौधरी र सोही नगरपालिका-४ बस्ने ३० वर्षीय देबेन्द्र ओड रहेका छन् । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.५ वेलाजाने सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १४० मिलिग्राम सहित धनगढी उ.म.न.पा. ११ बस्ने बर्ष १९ को प्रेम योगीलाई विहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।