प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८३-०३-१२

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०३।२० गतेको फैसलाले बिवाह सम्बन्धी कसुर मुद्दामा १ वर्ष ३ महिना कैद सजाय र रु.१५,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.१ बन्साह बस्ने बर्ष ३० की लालिता लावडलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरीले विहीबार दिउँसो निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-१२

      कञ्चनपुर:- कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ सिहपुर बस्ने ३१ वर्षीय जनक चौधरी र सोही नगरपालिका-४ बस्ने ३० वर्षीय देबेन्द्र ओड रहेका छन् । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.५ वेलाजाने सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १४० मिलिग्राम सहित धनगढी उ.म.न.पा. ११ बस्ने बर्ष १९ को प्रेम योगीलाई विहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-११

      कैलाली:- जिल्ला कैलाली कैलारी गा.पा.५ पबेराबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १६० मिलिग्राम सहित २ जनालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २७ को सुसान्त चौधरी र गौरिगंगा न.पा.८ बस्ने बर्ष ३३ को हेइमन बखरिया रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा  उक्त पदार्थ फेला पारि उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कैलाली भजनी न.पा.१ भजनी बजारबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ५७० मिलिग्राम, नगद भारतिय रुपयाँ रु.१३,०००।– र नेपाली रुपयाँ रु.८१४० सहित २ जनालाई वुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर न.पा.१ घन्टाघर बस्ने बर्ष २५ की प्रेयंका चौधरी र भजनी न.पा.८ सोनाफांटा बस्ने बर्ष २२ की कमला परियार रहेका छन् । बिशेष गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा  उक्त पदार्थ र नगद फेला पारि पक्राउ गरेको हो ।