प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०३-१२

  • A
  • A-
  • A+
Share

    डोटी:- मिति २०८१।०३।११ गते १४:३० बजेको समयमा जिल्ला डोटी, शिखर न.पा.२ कालागाड स्थित डम्मर बहादुर जोराको जस्तापाता र काठले बनेको १ तले कच्ची किराना पसल, होटलमा खाना पकाउने ग्याँस लिक भई अचानक आगलागी भएको र सँगै जोडिएर रहेको मासु पसलमा समेत आगलागी हुँदा होटल पसल भित्र रहेका नगद, फर्निचर, भाँडा वर्तन, फ्रिज, खाद्यान्न, १० वटा बोईलर कुखुराको जली मृत्यु भएको, दैनिक उपभोग्य सामानहरु गरी अन्दाजी रु.१२,००,०००।– (बाह्र लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षति नभएको, आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।