प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०३-१२

  • A
  • A-
  • A+
Share

    डोटी:- मिति २०८१।०३।११ गते १४:३० बजेको समयमा जिल्ला डोटी, शिखर न.पा.२ कालागाड स्थित डम्मर बहादुर जोराको जस्तापाता र काठले बनेको १ तले कच्ची किराना पसल, होटलमा खाना पकाउने ग्याँस लिक भई अचानक आगलागी भएको र सँगै जोडिएर रहेको मासु पसलमा समेत आगलागी हुँदा होटल पसल भित्र रहेका नगद, फर्निचर, भाँडा वर्तन, फ्रिज, खाद्यान्न, १० वटा बोईलर कुखुराको जली मृत्यु भएको, दैनिक उपभोग्य सामानहरु गरी अन्दाजी रु.१२,००,०००।– (बाह्र लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षति नभएको, आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८१-०७-०२

     कैलाली:-  मिति २०८१।०७।०१ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ९ त्रिबेणीघाट, ऐ. १५ उर्मी जंगल, गोदावरी न.पा.१ धनगढी रोड, टीकापुर न.पा.९ पायल गाउ, ठोसे बजार, र बालुवाटार, भजनी न.पा ५ कव्वाखेडाघाट र कैलारी गा.पा.८ लौसाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१९,७६,१३४।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, मसला, मटर, रङ्गोलि कागज, कलश, गुलाबी लरा, सजावट डोरी, छाता, फुल, पानि तान्ने बिद्युतिय मोटर,  प्लाष्टिक झिल्ली, सु.प.प्र.०१-००१ च ३९५७ नम्बरको पिकअप गाडी लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।    कञ्चनपुर:- मिति २०८१।०७।०१ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भासी, ऐ. ६ ऐठपुर ऐ. ११ चौकीसत्ता, बेलौरी न.पा.१ दिपज्योती बिद्यालय नजिक र ऐ. ६ नयांगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७,१२,६२०।– बराबरको चुरोट, सुर्ती, सरफ, चप्पल, प्याजको बिउ, पर्दाको कपडा, किसमिस, बदाम, पिस्ता, काजु, पेय पदार्थ,   प्लाष्टिक झिल्ली, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

फरार प्रतिवादी पक्राउ
२०८१-०७-०१

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०६।३० गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. ज्याम मार्ने उद्योग मुद्दामा २ बर्ष ५ महिना ३ दिन कैद सजाय र रु.२५,०००।- जरिवाना तोकिएको धनगढी उ.म.न.पा. १६ बस्ने बर्ष २७ को धर्म      सिह बोहरा ।२. चोरी मुद्दामा १ महिना कैद सजाय र रु.४५,८००।- जरिवाना तोकिएको गोदावरी न.पा.८ बस्ने बर्ष ३५ को गंगाराम चौधरी ।३. चोरी मुद्दामा २३ दिन कैद सजाय र रु.४,०००।- जरिवाना तोकिएको गोदावरी न.पा. १ बस्ने बर्ष २५ को बिनित बडु ।

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०६-३०

     कैलाली:-  मिति २०८१।०६।२९ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु भजनी न.पा.३ जसबहादुर घाट र कैलारी गा.पा. ५ बड्की पलियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८२,९५०।– बराबरको बिडी, चियापत्ती, पाउडर, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।    कञ्चनपुर:- मिति २०८१।०६।२९ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. २ काङ्ला पुल, ऐ. ५ सुकासाल, बेलौरी न.पा. १ सिसमझारी, दोधारा चाँदनी न.पा.१० कुतियाकभर र बेलडाँडी गा.पा.५ झिलमिलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६८,२८०।– बराबरको प्याज, चिनी, खानेतेल, मिठाई, खानेतेल, पेय पदार्थ, अण्डा, कुरकुरे, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।