अबैध भन्सार छलिका सामान बरामद
२०८१-०३-१३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०३।१२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा ३ ट्राफिक चौराहा, ऐ. ९ त्रीवेणीघाट र क्रममा भजनि न.पा. ५ लालबोझिबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,७०,२३५।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, साईकलका टायर, लेडिज कुर्ती, कपडा सिलाउने मेसिन, न्यापिन पेपर, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०३।१२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ९ मटेना र बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५२,५००।– बराबरको चिनी, पेय पदार्थ, बिडी, सुर्ती, खानेतेल, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।