फरार प्रतिवादी पक्राउ
२०८१-०३-१५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरीवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०३।१४ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. विदेशी विनिमय अपचलन मुद्दामा रु. १,५५,५२०।– जरिवाना तोकिएको लम्कीचुहा न.पा.५ बस्ने बर्ष ३१ को राम बहादुर विष्ट ।
२. बिना इजाजत वन पैदावार ओसार पसार सम्बन्धी मुद्दामा रु ३६,११४.५।– जरिवाना तोकिएको बर्दगोरिया गा.पा.३ बस्ने बर्ष ५६ को डम्बर राम भण्डारी ।
३. लागू औषध मुद्दामा रु.२,०००।– जरिवाना तोकिएको टीकापुर न.पा.२ बस्ने बर्ष २६ को शेखर सुनार ।