लागु औषध सहित ५ जना पक्राउ
२०७९-१०-१५
- A
- A-
- A+
कञ्चनपुर र बैतडीका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र चरेस सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मझगाँउ कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा भिमदत्त न.पा.१६ मझगाउँ स्थित ऐ.१८ बस्ने बर्ष ४० को हेमन्त नायकले चलाएको UK03B0958 नं.को मो.सा.चेकजाँच गर्दा निजको साथबाट ०.०७ ग्राम चरेश,सोही मो.सा.पछाडी सवार ऐ.सालघारी बस्ने बर्ष २० को देव कामीको साथबाट १.२८ ग्राम ला.औ.खैरो हिरोईन,सोही मो.सा.पछाडी सवार ऐ.१० बस्ने बर्ष २१ को ललित पहरीको साथबाट ०.४१ ग्राम चरेश र ०.०४ ग्राम खैरो हिरोईन फेला परेको तथा सोही मो.सा.पछाडी सवार भारत बनबासा बस्ने बर्ष २५ को नासिर खाँन समेत ४ जनालाई उक्त ला.औ.,मो.सा.सहित आईतबार पक्राउ गरेको हो ।
यसैगरि बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिई गएको प्र.नि.को टोलीले जिल्ला बैतडी दोगडाकेदार गा.पा.७ खोचलेक बजार स्थित ऐ.बस्ने बर्ष अ.५० को बिर सिंह कार्कीले संचालन गर्दै आएको दोगडाकेदार भुमिराज किराना पसल खान तलासी गर्दा १०० ग्राम परिमाणमा ला.औ.चरेस फेला पारी रित पुर्बक बरामद गरी ला.औ. चरेस सहित निजलाई आईतबार पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।