अबैध भन्सार छलिका सामान बरामद
२०८१-०३-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०३।२१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.-२ ब्यारेल, ट्राफिक चौराहा र गोदावरी न.पा.३ मालाखेती चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९८,५७६।– बराबरको प्याज, चिनी, मिश्री, कुर्ती, प्लाजु, कुर्ता सुरवाल, चप्पल, सारी, बच्चाको कपडा, मोटरको ब्याट्री, पंखाको ब्याट्री, व्यारिङ, स्वल्डर वयर तार, लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०३।२१ गते ०५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ गुम्बाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८४,०००।– बराबरको लेडिज कुर्ता सुरुवाल, धोती लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।