प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबी बेपत्ता

२०८१-०३-२४

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०३।२३ गते १६:३५ बजेको समयमा जिल्ला कैलाली, कैलारी गा.पा.९ गदरिया बस्ने बर्ष अन्दाजी १७/१८ को अजय राना ऐ. स्थित भुररा नदिमा नुहाउने क्रममा डुबी बेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट प्रहरी टोली खटिई गई खोजतलास भईरहेको, हालसम्म लाश फेला नपरेको, प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 

   कञ्चनपुर:- मिति २०८१।०३।२३ गते ०८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.३ बस्ने  बर्ष अन्दाजी २२/२३ को डम्मर चौधरी ऐ.५ स्थित चौदारा नदीमा माछा मार्न गएको अवस्थामा खोलाले बगाई डुबी बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी झिलमिला, कञ्चनपुरबाट प्रहरी टोली खटिई गई खोजतलास भईरहेको, हालसम्म लाश फेला नपरेको, प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।