फरार प्रतिवादी पक्राउ
२०८१-०३-२५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०३।२४ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागू औषध मुद्दामा ४ महिना १२ दिन कैद सजाय तोकिएको टीकापुर न.पा. १ बस्ने बर्ष २६ को रोशन सुनार ।
२. सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय तोकिएको टीकापुर न.पा. १ बस्ने बर्ष ४० को रोमी साउद ।
३. लागू औषध मुद्दामा ४ दिन कैद सजाय र रू. २,०००।– जरिवाना तोकिएको जिल्ला बर्दिया, गुलरिया न.पा.९ बस्ने १९ की मुस्कान बि.क. ।
४. चोरी मुद्दामा रु.१४,१००।– जरिवाना तोकिएको लम्कीचुहा न.पा.५ बस्ने बर्ष २१ को प्रकाश बि.क. ।
५. जुवातास मुद्दामा रु.३००।– जरीवाना तोकिएको लम्कीचुहा न.पा.१ बस्ने बर्ष ४६ को केसर बोगटी ।