सवारी दुर्घटनामा मृत्यु
२०८१-०३-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०३।२८ गते २२:४५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.५ गेटा स्थित माछापालनको गेट नजिक अत्तरिया बाट धनगढी तर्फ जादै गरेको सु.प.प्र.०१-००८ प ३३३७ नम्बरको मोटरसाईकल छाडा गोरु संग ठोक्किन जाँदा चालक धनगढी उ.म.न.पा.४ उत्तरबेहडी बस्ने बर्ष ३५ को भिम बहादुर पुन गम्भिर घाईते भई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा ऐ.२३:२५ बजे मृत्यु भएको, गोरुको घटना स्थलमानै मृत्यु भएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।