अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०४-०२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।०१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहा, ऐ.९ त्रीवेणीघाट र ऐ. १८ डिपो बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९०,८००।– बराबरको प्याज, चिनी, सुटपिस, साडी, कुर्ती, पेय पदार्थ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०४।०१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १६ कालिपुल र ऐ.१७ मझगाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,१५,८२०।– बराबरको पानि तान्ने मोटर, सुर्ती, पापड , किसमिस, साइकलका बिभिन्न सर समान, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।