प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०४-०२

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८१।०४।०१ गते २२:२० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४  सिचाइ कार्यालय अगाडि पुर्व पश्चिम राजमार्गमा UK 03A9034 नम्बरको मोटरसाईकल छाडा गाई संग ठोक्किन जाँदा चालक  जिल्ला चम्फावत मिना बजार बनबासा भारत बस्ने बर्ष अन्दाजी २८।३० को चाँद पुरैसी गम्भिर घाईते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएकोमा ऐ.२२:३१ बजे  चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको, गाईको घटना स्थलमानै मृत्यु भएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

     यसैगरी,  मिति २०८१।०४।०२ गते ०३:०० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.०४ चाँदनी स्थित पक्की सडक खण्डमा उत्तर बाट दक्षीण तर्फ जाँदै गरेको UK 06 BH 4875 नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किई दुर्घटना हुँदा नामथर वतन नखुलेको वर्ष अन्दाजी ३०।३५ को २ जना पुरुष  गम्भिर घाइते भई उपचारको लागी दोधारा चाँदनी अस्पताल ल्याईएकोमा १ जनालाई ऐ.०३:४५ बजे चिकित्सजले चेकजाँच गर्दा मृत घोषणा गरेको, १ जनाको अवस्था गम्भिर भई महाकाली प्रादेशीक अस्पताल महेन्द्रनगरमा  उपचार भई रहेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।