सवारी दुर्घटनामा पाँच मृत्यु
२०८१-०४-०३
- A
- A-
- A+
कञ्चनपुर, भिमदत्त नगरपालिका-४ ब्रह्मदेब हाइवे जिरो प्वाईन्टस्थित सडकमा म.१ प ११४५ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालक शुक्लाफाटा नगरपालिका-५ बस्ने ४० वर्षीय रूद्र बहादुर ओलीको मृत्यु भएको छ । उक्त मोटरसाइकलले म.२ प ७२७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका म.२ प ७२७१ नम्बरको मोटरसाइकल चालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।