अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०४-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।०३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहा, ऐ.८ कान्तीपुर टोल, ऐ. १२ कम्पनी टोल, टीकापुर न.पा.८ झुङगा र भजनी न.पा.९ आमबारीको जंगलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२१,४६५।– बराबरको प्याज, चिनी, गुड, सरफ, सुर्ती, बिडी, माछा, भारतिय नम्बर प्लेटको मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।