अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०४-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।०४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ चौराह ऐ.उ.म.न.पा.१३ राजपुर नजिक र टीकापुर न.पा.९ पायलगाउ स्थित भित्रि सडक खण्डमा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,९१,६६० ।– बराबरको डिउ बोतल, प्याज, चिनी, सुर्ती, बिडी, कुरकुरे, लिचिका बोट, कागतीका बोट, अंगुरका बोट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०४।०४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१७ मझगाँउ,र बेलौरी न.पा.६ भुराकोट बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१०४२०– बराबरको भेष्ट, गन्जी, सिस्टम, डिउ सामान, सामान, साईकल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।