प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८१-०४-०७

  • A
  • A-
  • A+
Share

कैलाली :- मिति २०८१।०४।०६ गते जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ ब्यारेल र ट्राफिक चौराहा नजिक अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु जम्मा रु.४७६५०/- दुध पाउडर, प्रिन्ट पेपर ठुलो, प्रिन्ट पेपर सानो, प्रिन्ट केमिकल, कुर्ती र मोबाईल स्क्रिन ग्लास र चिनि लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

कञ्चनपुर :- २०८१।०४।०६ गते कञ्चनपुर जिल्लाको भिमदत्त न.पा. ४ बसपार्क, ऐ. न.पा.११ चौकीसत्ता, ऐ. भिमदत्त न.पा.१० भुजेला र दोधारा चाँदनी न.पा.१ लगाएतका ठाउहरुमा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ७०६४५४/- बराबरको सामान बेवारिसे अवस्थामा रहेको बिदेशी Marlboro नामक चुरोट, औषधीहरु ,मो.सा.थान १, black dog (750ml) र black & amp; white(३७५ml) रक्सि, सुट, कुर्ती, तेल, माईक्रोनि, चिनि, हार्डवेयरका सामान, कस्मेटिक समान,अलगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।