प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस पक्राउ

२०८१-०४-०८

  • A
  • A-
  • A+
Share

    जिल्ला प्रहरी कार्यालय कैलाली:- मिति २०८१।०४।०७ गते ०७:३० बजे जि.कैलाली घोडाघोडीन.पा.१ सुखड चोकमा जि. कैलाली भजनी न.पा.९ डम्पुर बस्ने बर्ष २५ को गणेशमानसिंहलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ३०० मिलिग्राम ला.औ.खैरो हिरोईन जस्तो देखिने धुलो पर्दाथ बरामद गरि मानिस सहित ईलाका प्रहरी कार्यालय सुखडको प्रहरी टोलीले नियन्त्रणमा लिएको, आवश्यक अनुसन्धान भईरहेको ।

     यसैगरि, मिति २०८१।०४।०७ गते २०:२० बजे गोदावरी ७ श्रीपुरबाट ऐ.बस्ने बर्ष २८ को शेर बहादुर चौधरीलाई संका लागि चेक जाँच गर्दा निजको साथबाट शुद्ध तौल १७० मिलिग्राम लागु-औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरी मानिस सहित इलाका प्रहरी कार्यालय अत्तरिया कैलालीको प्रहरी टोलीले पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भरहेको ।

     यसैगरि, मिति २०८१।०४।०७ गते १८:०० बजे गौरीगंगा न.पा.४ राजीपुरबाट ऐ. बस्ने वर्ष ३५ को सुनिल बहादुर खडायतले चलाएको सु.प.प्र. ०१-०११ प ७६७० नंबरको मोटरसाईकललाई शंका लागि चेक जाँच गर्दा उक्त मोटरसाईकलमा लुकाई छिपाइ राखेको अवस्थामा लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ शुद्ध तौल ३ ग्राम, लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ शुद्ध तौल २ ग्राम र साथबाट नगद रु. ७३८०/- बरामद भएकोमा, निजको घरमा खानतलासी गर्दा घरबाट नेपाली रु. ३९,०००।– (उनान्चालिस हजार मात्र) र भारतिय रु. ३७,०००।– (सईतिस हजार मात्र) बरामद भई कुल नेपाली रु. १,०५,५८०।– (एकलाख पाँच हजार पाँच सय असी मात्र) सहित निज र मोटरसाईकल जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट थप अनुसन्धान भईरहेको । 

     साथै, २०८१।०४।०८ गतेको अं००:०५ बजे जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ४ बसपार्कबाट निम्न व्यक्तिहरुलाई शंकालागी चेकजाँच गर्दा निजहरुको साथबाट ३७० मिलिग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि निजहरुलाई वडा प्रहरी कार्यालय धनगढी तथा मातहतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप अनुसन्धान भईरहेको ।

                                                                  निम्न ;-

१.जि.मोरङ पथरी शमशेर न.पा.१ घर भई हाल जि.कैलाली धनगढी उप-महानगर पालिका ४ बसपार्क बस्ने बर्ष ४९ कोरिसिकेश निरौला 

२.जि.कैलाली चुरे गा.पा.३ घर भई हाल ऐ. धनगढी उप-महानगरपालिका ४ बसपार्क बस्ने बर्ष १६ को किशोर ।

     जिल्ला प्रहरी कार्यालय कन्चनपुर- २०८१।०४।०७ गते १७:०० बजे जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ७ कङ्गला पुलबाट ऐ. बेल्डाडी गा.पा.४ घर भई हाल ऐ. बेदकोट न.पा.७ बस्ने वर्ष २५ को रोहित चौधरी र ऐ. भिमदत्त न.पा. ३ बस्ने बर्ष २८को शुवाश चौधरीलाई शंका लागी चेकजाँच गर्दा रोहित चौधरीले लगाएको जिन्स पाईन्टको बाँया खल्तीबाट शुद्ध तौल २.०९ ग्राम लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ बरामद गरी नेपाल प्रहरी प्रदेश कार्यालत ला.औ.नि.ब्युरो महेन्द्रनगर रजिल्ला प्रहरी कार्यालय कंचनपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त पदार्थ सहित निज दुबै जनालाई नियन्त्रणमा लिएको, सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

 कैलाली:-  मिति २०८२।०३।१६ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट  जिल्ला हुम्ला, सर्केगाड गा.पा.५ बस्ने बर्ष ३२ को लोकेन्द्र बहादुर शाही,  बर्ष २७ को सालु शाही र सोही केसमा संलग्न ऐ. भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट जिल्ला रोल्पा, सुनछहरी गा.पा.३ बस्ने बर्ष ३२ की पुर्णिमा पुन मगरलाई गोप्य सुचनाको आधारमा २ किलो ७ सय १४ ग्राम अफिम जस्तो देखिने  अर्ध तरल पदार्थ फेलापारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यलय सुखड, कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

फरार प्रतिबादी पक्राउ
२०८२-०३-१६

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।१५ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष २७ को रबिन चौधरीलाई जिल्ला कैलाली, गोदावरी न.पा.३ चौकीडाडाबाट पक्राउ गरेको ।  २. चोरी मुद्दामा १ महिना १७ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.११ जबलपुर बस्ने बर्ष ३८ को बिजय कठरियालाई निजकै घर ठेगानाबाट पक्राउ गरेको ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१६

      कैलाली:- मिति २०८२।०३।१५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ बालुवाटार स्थित सडक खण्डबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,३००।– बराबरको डोर म्याट, म्याट, उनि म्याट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।         कञ्चनपुर:- मिति २०८२।०३।१५ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ५ शुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,५००।- बराबरको खाद्यान्न, कस्मेटिक, किराना लगायतका सामानहरु अस्थायी प्रहरी विट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।