अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०४-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।०८ गते कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं ३ ट्राफिक चौराहा, ऐ.वडा नं.४ बसपार्क ऐ.वडा नं.७ बुद्ध चोक, मनहेरा, ऐ.वडा नं.९ बाङ्ग्राकटान, त्रिवेणीघाट र ऐ. वडा नं.१९ खेदाघाटबाट भारतबाट भन्सार छलि गरि ल्याएका चिनी,चप्पल,प्लाष्टिक झिल्ली,सुपर पावर सुर्ती, विंडी, काजु, डिस्पोजेवल कचौरा, सुट सेट लगायतका अन्दाजी मूल्य रु.१,६९०५०/- बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०४।०८ गते कञ्चनपुर जिल्लाको पुनर्वास न.पा.१ ढक्का बजारबाट अन्दाजी मुल्य रु. ९,०००/- बराबरको भारतबाट भंसार छली गरि ल्याएको पेय पदार्थ ड्यु बेवारीसे अवस्थामा बरामद गरि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।