प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८१-०४-०९

  • A
  • A-
  • A+
Share

    कैलाली:- फेसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेक अनादर मुद्दाको फरार प्रतिबादी जिल्ला कैलाली घोडाघोडी न.पा. ०८ बस्ने बर्ष ३२ को झंकर बहादुर शाहलाई २०८१।०४।०८ गते अ.१९:०० निजकै घर ठेगानाबाट पक्राउ गरेको, सम्मानित कैलाली जिल्ला अदालत कैलालीमा बुझाउने तर्फ पहल भई रहेको ।

    डडेल्धुरा :- अभद्र व्यवहार गर्न नहुने कसुर मुद्दामा ४ दिन कैद, रु.१०,०००/- जरिवाना, रु.५,०००/- क्षतिपुर्ति तोकिई मिति २०८१/०२/०१ गते देखि भागि फरार रहेको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.३ बस्ने वर्ष ४९ को छपि पल्लेलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले निजको घरबाट २०८१/०४/०८ गते १६:३० बजे पक्राउ गरि नियन्त्रणमा लिइएको ।

     कैलाली:- बैंकिङ् कसुर मुद्दामा रु. ३,००,०००।– (तीन लाख)जरिवाना तोकिई  फरार रहेको जिल्ला कैलाली, लम्की-चुहा न.पा. १ बस्ने बर्ष २० को अमर गौतमलाई ऐ.ऐ.०१ लम्की बजारमा हिडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि सम्मानित कैलाली जिल्ला अदालतमा दाखिला गरिएको ।




 



सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।