प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८१-०४-१०

  • A
  • A-
  • A+
Share

   अछाम :- मिति २०८१।०४।०८ गते १४:०० लोक सेवा आयोग ऐन २०७९ सम्बन्धि कसुर मुद्दाको फरार प्रतिवादी जिल्ला अछाम, मेल्लेख गा.पा.३ बस्ने वर्ष २५ को मनराज कामीलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सम्मानित अदालत समक्ष पेश गर्न आबश्यक प्रकृया भईरहेको  । 

   डडेल्धुरा:- मिति२०८१/०४/०९ गते १२:३० बजे अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट ११ दिन कैद र रु. ५०००।- जरिवाना तोकिइ फरार रहेको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.-६ भालुमारे बस्ने बर्ष ४६ को भिम प्रशाद भट्टराईलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले ऐ. वडा नं.-७ पोखरा बजारबाट पक्राउ गरेको ।  सो सम्बन्धमा थप कार्वाही भईरहेको ।

  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।