प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८१-०४-१०

  • A
  • A-
  • A+
Share

   अछाम :- मिति २०८१।०४।०८ गते १४:०० लोक सेवा आयोग ऐन २०७९ सम्बन्धि कसुर मुद्दाको फरार प्रतिवादी जिल्ला अछाम, मेल्लेख गा.पा.३ बस्ने वर्ष २५ को मनराज कामीलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सम्मानित अदालत समक्ष पेश गर्न आबश्यक प्रकृया भईरहेको  । 

   डडेल्धुरा:- मिति२०८१/०४/०९ गते १२:३० बजे अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट ११ दिन कैद र रु. ५०००।- जरिवाना तोकिइ फरार रहेको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.-६ भालुमारे बस्ने बर्ष ४६ को भिम प्रशाद भट्टराईलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले ऐ. वडा नं.-७ पोखरा बजारबाट पक्राउ गरेको ।  सो सम्बन्धमा थप कार्वाही भईरहेको ।

  

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८१-०७-०१

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०६।३० गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. ज्याम मार्ने उद्योग मुद्दामा २ बर्ष ५ महिना ३ दिन कैद सजाय र रु.२५,०००।- जरिवाना तोकिएको धनगढी उ.म.न.पा. १६ बस्ने बर्ष २७ को धर्म      सिह बोहरा ।२. चोरी मुद्दामा १ महिना कैद सजाय र रु.४५,८००।- जरिवाना तोकिएको गोदावरी न.पा.८ बस्ने बर्ष ३५ को गंगाराम चौधरी ।३. चोरी मुद्दामा २३ दिन कैद सजाय र रु.४,०००।- जरिवाना तोकिएको गोदावरी न.पा. १ बस्ने बर्ष २५ को बिनित बडु ।

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०६-३०

     कैलाली:-  मिति २०८१।०६।२९ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु भजनी न.पा.३ जसबहादुर घाट र कैलारी गा.पा. ५ बड्की पलियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८२,९५०।– बराबरको बिडी, चियापत्ती, पाउडर, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।    कञ्चनपुर:- मिति २०८१।०६।२९ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. २ काङ्ला पुल, ऐ. ५ सुकासाल, बेलौरी न.पा. १ सिसमझारी, दोधारा चाँदनी न.पा.१० कुतियाकभर र बेलडाँडी गा.पा.५ झिलमिलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६८,२८०।– बराबरको प्याज, चिनी, खानेतेल, मिठाई, खानेतेल, पेय पदार्थ, अण्डा, कुरकुरे, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सवारी दुर्घटनामा मृत्यु, घाईते
२०८१-०६-३०

     कैलाली:- मिति २०८१।०६।२९ गते १८:५० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.७ चर्रा स्थित हुलाकी सडक-खण्डमा से १ त १७८६ नम्बरको ट्याक्टर र से ६ प १०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक जिल्ला कैलाली, कैलारी गा.पा.५ बस्ने बर्ष २२ को आसिस कुमार चौधरी गम्भिर घाईते भई उपचारको लागि नवजीवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको,  मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २२ को डेबिट चौधरीको नवजीवन अस्पताल धनगढीमा उपचार भईरहेको, ट्याक्टर र ट्याकटर चालक जिल्ला कैलाली, भजनी न.पा.७ बस्ने बर्ष ५२ को शिब कुमार अहीरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको  ।     डडेल्धुरा:- मिति २०८१।०६।३० गते ००:३० बजेको समयमा जिल्ला डडेल्धुरा, अमरगढी न.पा. ७  खस्रेखाँन स्थित राजमार्गमा महेन्द्रनगरबाट पुर्चौडी बैतडी तर्फ जाँदै गरेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस सडकबाट अन्दाजी २५०/३०० मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार जिल्ला बैतडी, पुर्चौडी न.पा.३ बस्ने बर्ष ४५ की जैमती बोहरा, ऐ.ऐ. बस्ने कमला बोहराको छोरा २ दिनको नाबालक, ऐ.ऐ. बस्ने बर्ष २२ को सहदेव बोहरा , ऐ.ऐ. बस्ने बर्ष २१ की कमला बोहरा र ऐ. १० बस्ने बर्ष ७० कि गोबरी महरा समेत ५ (पाँच) जनाको मृत्यु भएको, जिल्ला डडेल्धुरा, आलिताल गा.पा. १ बस्ने बर्ष २१ को मुकुन्द बोहरा र चालक जिल्ला बैतडी, पुर्चौडी न.पा. ८ बस्ने बर्ष २४ को बिरेन्द्र बोहरालाई थप उपचारको लागि धनगढी रिफर गरेको, अन्य १० जना घाईतेहरुको डडेल्धुरा अस्पतामा उपचार भईरहेको ।